थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

३१ जेठ,काठमाडौं। नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । यसमध्ये ४ हजार ९४९ जना पुरुष रहेका छन् भने ३८६ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस