
३१ जेष्ठ, काठमाडौं। नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि प्रतिनिधिसभामा मतदान शुरु भएको छ ।
मतदान अवधिभर संसद भवनको बैठक कक्षमा बन्द गरिन्छ। संविधान संशोधन विधेयक सर्वसम्मतले पारित हुने देखिएको छ। विरोधमा रहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बैठक छाडिसकेकी छिन्।
लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउनेछन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार