
३२ जेठ, प्युठान। प्युठानमा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा गरिएको प्युठानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३३ पुगेको छ ।
संक्रमित माण्डबि गाउँपालिका स्थित लोकभक्त प्राविको क्वारेन्टिाइनमा रहेका १८,१८,२५,२५,२६,३०,१९ वर्षका पुरुष रहेका छन् । त्यसैगरी
स्वर्गद्वारी नगरपालिका वडा नंम्बर ४ का २७ वर्षका र वडा नं ८ का २६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार