१असार,पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

सभामुख नेत्रनाथ अधिकारीले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार पेश गरेको नीति तथा कार्यक्रममाथि आज छलफल चलाइएको थियो। छलफल पछि बहुमतेल नीति तथा कार्यक्रम पारित भएको छ।

एमालेका २७ सांसदबाहेकले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए। आर्थिक वर्ष ०७८/७९ को बजेट पनि आजै दिउँसो चार बजे संसदमा प्रस्तुत हुँदैछ।