नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

२ असार, काठमाडौं। नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस