गुल्मीमा थपिए ४८ जना कोरोना संक्रमित

५ असार, काठमाडौँ । शुक्रबार गुल्मीमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका २०, गुल्मीदरबार गाउँपालिकाका १४, इस्मा गाउँपालिकाका १२ र मालिका गाउँपालिकाका २ जना गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै गुल्मीमा संक्रमितको संख्या १५३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस