सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ मा निःशुल्क बिजुली

११ असार, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ ले जनतालाई वडाको निशुल्क उज्यालो कार्यक्रम ल्याएको छ । वडा नम्बर ४ का घरधुरीले २० युनिटसम्म विद्युत खपत गरे वडा कार्यक्रयले विद्युत महशुल भुक्तानी गरिदिने निर्णगरेको हो । गाउँपालिकाको आठौँ गाउँसभाबाट उक्त निर्यण पारित गरेको छ । ग्रामिण भेगका जनतालई प्रत्यक्ष लाभ र राहत दिने उदेश्यले कार्यक्रम ल्याएको वडा अध्यक्ष गन्जबहादुर क्षत्रीले बताए । ७सय ७२ घर रहेको वडामा ६ सय ५० घरले कार्यक्रमको लाभ लिइने उनले बताए । वडाले निशुल्क उल्यो कार्यक्रमको लागि ५लाख ५० हजार बजेट छुट्याएको छ । वडाले कार्यविधि बनाएर अगामी साउनदेखि कार्यक्र लागु गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस