कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

१५ असार,काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो ।
प्रमुख गेलालले, ‘उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । मृत्यु शनिबार राति भएपनि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो ।’
उनका अनुसार अहिले मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस