एमाले संसदीय दलको बैठक आइतबार बस्दै

२२असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस