कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव स्वीकृति

२४असार,काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड—१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ ।

परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव आएकामा इथिकल रिभ्यु बोर्डबाट ८७ वटा प्रस्तावलाई स्वीकृति दिइएको जानकारी दिए । उनले तीमध्ये केही रिपोर्ट परिषद्लाई प्राप्त भइसकेको जानकारी दिए ।

उनले कोरोना निको भएका बिरामीमा शरीरमा एन्टिबडी कत्तिको उत्पादन भएको छ र प्लाज्मा थेरापीबाट यसको प्रयोग अन्य कोरोनाका बिरामीमा गर्ने सम्बन्धमा अनुसन्धान थाल्ने बताए । उनले कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको प्रभावकारिताका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिए ।

डा. ज्ञवालीका अनुसार परिषद्ले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य अवस्था, कोरोना उपचारमा अग्रस्थानका डाक्टरको अनुभवका विषयमा गरेको अध्ययनको रिपोर्ट तयारी भइसकेको जानकारी दिए।   आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस