यसरी बनाउनुस् च्याउको मिठो अचार ?

२४असार, काठमाडौं । मिठो स्वादका लागि आज हामीले फरक रिसिपी बारे चर्चा गरेका छौँ । तपाई घरमा परिवारका सदस्यलाई केही मिठो खुवाउने विचारमा हुनुन्छ र समय मिल्छ भने केही नयाँ पकाउन सक्नुहुन्छ । त्यसकालागि च्याउको अचार बनाएर फरक खालको मिठो स्वाद लिन सक्नुहुन्छ । खानामा अचार भए त्यसको मजा नै बेग्लै हुन्छ । खानाको स्वादलाई पनि अचारले थप मिठो बनाउँछ ।

अचार भन्ने बित्तिकै धेरैजसो नेपाली मुख रसाउँछ । परिवारको सानो भान्सा होस् या त सयौं मानिस भेला हुने ठूलो भोज होस् अचार बिना नेपालीहरुको खाना अधुरो जस्तै हुन्छ । अचार विभिन्न फलफूल तथा तरिकारीको बनाउन सकिन्छ । तरकारीको रुपमा अत्यन्तै मन पराउने च्याउको पनि अचार स्वादिष्ट हुन्छ ।

आवश्यक सामग्री

च्याउ

हरियो खुर्सानी, अदुवा, लसुन, तीलको धुलो

खुर्सानीको धूलो, जिरा धनियाँको धूलो

कागतीको रस, नुन, बेसार, मेथी

विधि

एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने ।

अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने ।

त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने ।

अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, खुर्सानी र नुन राखेर चलाउने र केही छिन पकाउने ।

त्यसपछि त्यसमा तीलको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र पकाउने ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस