प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

२९ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

उनको नर्भिक अस्पतालमा निधन भएको अधिकारीहरूले जनाएका छन्।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित ६९ वर्षीया दाहालको बुधबार बिहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

सीता नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारसमेत थिइन्।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस