स्थानीय तह निर्वाचन २०७४ मा झिनो मतान्तर रहेका रोल्पाका वडाहरु

संघीयता नेपालको सन्दर्भमा पहिलो अभ्यास थियो । २०७२ सालको संविधानले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा चित्रण गरेसँगै यसका तीन तहका संरचना पनि तयार भएका छन । स्थानीय तह, प्रदेश र संघ गरि तीन तहको शासकिय संरचना तयार भएसँगै संघीयताको आधार स्तम्भ मानिने स्थानीय तहको निर्वाचन भएको पनि ३ वर्ष पुरा भईसकेको छ ।

निर्वाचन भएको तीन वर्ष पुरा भईसक्दा यस पूर्व भएका कामको समीक्षा मात्र हैन २ वर्ष पछि आउने निर्वाचनको जोडघटाउ समेत हुन थालेको छ । यस आलेखमा स्थानीय तह निर्वाचन २०७४मा रोल्पाका १० स्थानीय तहमा रहेका ७२ वडा मध्य १०० भन्दा कम मतान्तरमा हारजीत भएका वडाहरुको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१० भन्दा कम मतान्तर भएका वडाहरु

रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार झपिराम डाँगी र नेपाली कांग्रेसका उम्मेदवार भीमवहादुर खत्रीले वरावर ४९१ मत प्राप्त गरेका थिए । मत वरावर भछि गोलाप्रथा गर्ने निर्वाचन आयोगको नियम वमोजिम नेकपा माओवादी केन्द्रका उम्मेदवार झपिराम डागी विजयी भएका थिए ।

त्रिवेणी गाउँपालिका वडा नं. ७ मा १ मतको अन्तरले हारजीत भएको थियो । नेकपा एमालेका उम्मेदवार भानवहादुर घर्ती ७७८ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका गणेश परियारले ७७७ मत प्राप्त गरेका थिए । १ मतको अन्तरमा हारजीतको अवस्था देखिए पछि नेकपा माओवादीले मत परिणाम घोषणा गर्न केही समय अवरुद्ध गरेपनि अन्ततः प्राप्त मत घोषणा संगै नेकपा एमालेका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो ।

रुन्टीगढी गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेवार मीनवहादुर थापाले ४०२ र उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रामचरण रानाले ४०० मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार थापाले नेपाली काांग्रेसका उम्मेदवार रानालाइ २ मतको अन्तरले हराएका थिए ।

सुनछहरीगाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार मोतवहादुर घर्तीले २०१ मत प्राप्त गरि विजयी भएका थिए । प्रमुख प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार देउसिं घर्तीले १९७ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार घर्तीले कांग्रेस उम्मेदवार घर्ती भन्दा ४ मत वढी पाएर विजयी भएका थिए ।

रुन्टीगढी गाउँपालिकको वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार पुनाराम पुनले ३१६ मत र नेकपा माओवादी केन्द्रका भिउलाल पुनले ३११ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार पुनलाई ५ मत अन्तरले हराउदै नेपाली कांग्रेसका उम्मेदवार राना विजयी भएका थिए ।

गंगादेव गाउँपालिका वडा नं. ७ मा नेकपा एमालेका उम्मेदवार तुलवहादुर घर्तीले ३४० मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार रत्नवहादुर पुनले ३३२ मत प्राप्तगरेका थिए । एमाले उम्मेदवार घर्तीले काँग्रेस उम्मेदवार पुन भन्दा ८ मत वढी पाएर विजयी भएका थिए ।

५० भन्दा कम मतान्तर भएका वडाहरु

माडीगाउपालिका वडा नं.३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दलवहादुर घर्तीले ३७२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उम्मेदवार कर्णसिं घर्तीले ३४९ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार घर्ती भन्दा २३ मत वढी ल्याएर माओवादी उम्मेदवार घर्ती विजयी भएका थिए ।

रुन्टीगढी गाउँपालिका ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जंगवहादुर घर्तीले ३८६ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार जनक पुनले ३७४ मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार पुन भन्दा १२ मत वढी ल्याई माओवादी उम्मेदवार घर्ती विजयी भएका थिए ।

रोल्पा नगरपालिका वडा नंं ५ मा नेकपा माओवादी उम्मेदवार टोपवहादुर नेपालीले ३०१ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार हेमराज डागीले २७७ मत प्राप्त गरेका थिए । माओवादी उम्मेदवार नेपाली कांग्रेस उम्मेदवार डागी भन्दा २४ मत वढी ल्याएर विजयी भएका थिए ।

गंगादेव गाउँपालिका ५ मा नेपाली कांग्रेसका उम्मेदवार गंजवहादुर वुढामगरले ३४७ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार मानवहादुर डाँगीले ३९२ मत प्राप्त गरेका थिए । माओवादी उम्मेदवार डागीभन्दा ४५ मत वढी ल्याएर कांग्रेस उम्मेदवार वुढा वडाध्यक्ष निर्वाचित भएका थिए ।

सुनछहरी गाउँपालिका २ मा नेपाली कांग्रेसका उम्मेदवार तेमन घर्तीले २७५मत प्राप्त गरेका थिए । नेकपा माओवादी उम्मेदवार कृष्णवहादुर वुढाले २२६ मत प्राप्त गरेका थिए । माओवादी उम्मेदवार वुढा भन्दा ४९ मत वढी ल्याएर कांग्रेस उम्मेदवार घर्ती विजयी भएका थिए ।

सुनिल स्मृती गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवार नेत्रवहादुर गिरीले ४३९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार मदनकुमार सिंहले ३९९ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार गिरीले कांग्रेस उम्मेदवार सिंहभन्दा ४० मत वढी ल्याएर विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार गिरी निर्वाचित भएपछि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

१०० भन्दा कम मतान्तर भएका वडाहरु

त्रिवेणी गाउँपालिका वडा नं.१ मा नेकपा माओवादीका उम्मेदवार देउराम घर्ती नेपाली कांग्रेसका उम्मेदवार मोहनलाल घर्तीभन्दा ६४ मत वढी ल्याएर विजयी भएका थिए । माओवादी उम्मेदवार घर्तीले ३८६ मत ल्याउदा कांग्रेस उम्मेदवार घर्तीको ३२२ मत आएको थियो ।

थवाङ गाउँपालिका वडा नं. ४ मा नेकपा माओवादीका उम्मेदवार उदिम घर्तीले स्वतन्त्र उम्मेदवार हिक्मत घर्तीलाई ८८ मत अन्तरले हराउदै विजयी भएका थिए । माओवादी उम्मेदवार घर्तीले २८०मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार घर्तीको १९२ आएको थियो ।

माडीगाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेका उम्मेदवार खिमवहादुर घर्ती नेकपा माओवादीकेन्द्रका उम्मेदवार वेदप्रसाद मल्ललाई ६८ मतान्तरले हराउदै विजयी भएका थिए । एमाले उम्मेदवार घर्तीले ३६५ मत प्राप्त गर्दा माओवादी उम्मेदवार मल्लले ३०० मतपाएका थिए ।

माडीगाउँपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खर्कवहादुर पुनले एमाले उम्मेदवार कमन वुढालाई ७० मतान्तरले हराएका थिए । माओवादी उम्मेदवार पुनको पक्षमा ५६९ मत आउदा एमाले उम्मेदवार वुढाले ४९९ मत पाएका थिए ।

रुन्टीगढी गाँपालिका ४ मा नेपाली कांग्रेसका उम्मेदवार पारस गिरी नेकपा एमालेका उम्मेदवार शिवलाल रोका भन्दा ६५मत वढी ल्याएर विजयी भएका थिए । कांग्रेसउम्मेदवार पारसले ३६५ मत ल्याउदा एमाले उम्मेदवार शिवलालले ३०० मत ल्याएका थिए ।

रुन्टीगढी गाउँपालिका ६ मा माअ‍ेवादी उम्मेदवार जगत घर्तीले ८०९ मत ल्याउदा एमाले उम्मेदवार अर्जुन पुनले ७५२ मत ल्याएका थिए । एमाले उमेदवार पुन भन्दा ५७ मत वढी ल्याएर माओवादी उम्मेदवार घर्ती विजयी भएका थिए ।

रोल्पा नगरपालिका वडा नं.२ मा नेकपा माओवादीका उमेदवार खिमवहादुर घर्ती नेपाली कांग्रेसका उम्मेदवार देउचन थापा भन्दा ८१ मत वढी ल्याएर विजयी भएका थिए । माओवादी उमेदवार घर्तीको पक्षमा ४२५ मत आउदा कांग्रेस उम्मेदवार थापाले ३४४ मत प्राप्त गरेका थिए ।

रोल्पा नगरपालिका वडा नं.३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार ईन्द्रवहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार राजकुमार पुराभन्दा ५३ मत वढी ल्याएर वडाध्यक्ष निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार पुरीले ४५२ ल्याउदा माओवादी उम्मेदवार थापाको ५०५ मत आएको थियो ।

रोल्पा नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका उम्मेदवार मानवहादुर खत्री उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उमेदवार मोलिलाल डागीलाई ८५ मत अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भएका थिए । खत्रीले ७०८ मत प्राप्त गर्दा डागीको ६२३ मत परेको थियो ।

लुंग्री गाउँपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरतवहादुर थापाले राप्रपा उमेदवार रिखवहादुर रोकालाई ६६मतले हराउदै वडाध्यक्षमा निर्वाचित भएका थिए । माओवादी उमेदवार थापाले ३६३ मत ल्याउदा राप्रपा उम्मेदवार रोकाको २९७ मत आएको थियो ।

लुंग्री गाउँपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार यामवहादुर विष्ट नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्रवहादुर वुढाथोकीसंग ६६ मतान्तरमा विजयी भएका थिए । माओवादी उम्मेदवार विष्टले ५२७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार वुढाथोकीले ४६१ मत पाएका थिए ।

गंगादेव गाउँपालिका वडा नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार अजमत डागी नेकपा एमालेका उम्मेदवार चुरामणी डागी भन्दा ९५ मत वढी ल्याएर विजयी भएका थिए । कांग्रेस उम्मेदवार डागीले ३२२ मत पाउदा एमाले उम्मेदवार डागीले २२७ मत पाएका थिए ।

गंगादेव गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी उम्मेदवार भुपाल दमाई नेकपा एमालेका उम्मेदवार देउराम वली भन्दा ७३ मत वढी ल्याएर विजयी भएका थिए । दमाईले ३५९ मत ल्याउदा वलीले २८६ मत प्राप्त गरेका थिए ।

गंगादेव गाउपालिका वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार वीरवहादुर वली नेकपा माओवादीका उम्मेदवार भक्तवहादुर वलीलाई ९७ मतले हराउदै वडाध्यक्षमा निर्वाचित भएका थिए । एमाले उम्मेदवार वलीको ४६१ मत आउदा माओवादी उम्मेदवार वलीले ३६४ मत प्रात गरेका थिए ।

सुनछहरी गाउँपालिका वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार खड्कवहादुर घर्ती नेपाली कांग्रेसका उम्मेदवार दलप्रकाश वुढालाई ५९ मतले पछि पार्दै वडाध्यक्ष निर्वाचित भएका थिए । माओवादी उम्मेदवार घर्तीले २६५ मत ल्याउदा कांग्रेस उम्मेदवार वुढाले २०६ मत ल्याएका थिए ।

सुनछहरी गाउँपालिका ५ मा नेकपा एमालेका उम्मेदवार तिर्खवहादुर वुढाथोकी आफ्ना निकटतम प्रद्धिन्दीलाई ६२ मत अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भएका थिए । एमाले उम्मेदवार वुढाथोकीले ४१३ मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार झने घर्तीको ३५१ मत आएको थियो ।

सुनिल स्मृती गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार केशवलाल कवर माओवादी केन्द्रका उम्मेदवार वलवहादुर खत्रीलाई ६७ मतले हराउदै वडाध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार कवरले ४६३ मत ल्यादा माओवादी उम्मेदवार खत्रीले ३९६ मत प्राप्त गरेका थिए ।

जिल्लामा २९ वटा वडाको निर्वाचन मत परिणाम १०० भन्दा कम मतको अन्तरमा भएको थियो । जसमध्ये नेपाली कांग्रेस १३ स्थान,नेकपा एमाले ५,माओवादी केन्द्र ९,राप्रपा १ र स्वतन्त्र १ स्थानमा १०० भन्दा कम मतको अन्तरमा पराजित भएका थिए ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस