नागरिकता विधेयकका विरोध मसाल समन्वय समिति प्युठानले बुझायो राष्ट्रपतिलाई ज्ञापन-पत्र

१३साउन, प्युठान । नागरिकता विधेयकका विरोधमा नेकपा (मसाल) समन्वय समिति प्युठानले राष्ट्रपतिलाई ज्ञापन—पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय खंलागा मार्फत राष्ट्रपति ज्ञापन पत्र बुझाएको हो । मसाल समन्वय समितिका प्रतिनिधि ओविराम घर्तीमगरको नेतृत्वको टोलिले ज्ञापन-पत्र बुझाएका थिए।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभाबाट साउन ६ गते पारित भई राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा पनि बिहिबार नागरिकता विधेयक पारित गरेको छ।

उक्त विधेयकमा विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आए लगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउने गरी नागरिकता दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस