१३ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् ।

विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनको तर्क छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैरनेपालीलाई नागरिकता दिनै नहुने उनले बताए ।

अहिले नागरिकता विधेयकका कारण भविष्यमा हामी नेपाली अल्पमतमा पर्ने सम्भावना रहेको बताउँदै यसको असर केही समयपछि देखिने केसीले बताए ।थिए ।