
१५साउन, रोल्पा । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरिएसँगै नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त जानकारी दिएका छन्।
त्यस्तै, लुम्बिनीमा घर्तीमगरसहित बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशी पनि प्रदेश प्रमुखमा नियुक्त भएका छन्।
यसअघि बागमतीमा एकीकृत समाजवादीका यादव शर्मा, माओवादी केन्द्रनिकट लुम्बिनीमा शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। उनीहरूलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छ।
घर्तीमगर र जोशी नेपाली कांग्रेसनिकट हुन् भने देवकोटा एमालेनिकट हुन्।
प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार