१५ साउन, काठमाडौं । टिकटकले २०२५ को पहिलो त्रैमासिकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।
टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो ।
कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ ।
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार


