मोबाइल फोन अहिलेको युगमा महत्पूर्ण मानिन्छ। यतिसम्म कि रातमा सुत्ने अघि र बिहान उठेपछि मानिस फोनको प्रयोग गर्छन्। यसो गर्नुलाई गलत नमाने पनि यसले धेरै कुरामा असर गरिरहेको हुन्छ।
जसलाई बिहान आँखा मिच्दै फोन हेर्ने बानी हुन्छ, त्यस्ता व्यक्ति सिरानीमा फोन राखेर सुत्छन्। यसले धेरै नोक्सान गर्छ। खासगरी मोबाइलबाट निस्किने रेडिएशनले क्यान्सर र ट्यूमर जस्ता रोग निम्त्याउन सक्छ। बिहान–बिहानै मोबाइल हेर्दा हुने समस्याबारे तल जानकारी दिइएको छ।
जो मानिस बिहान फोन हेर्ने गर्छन्, उनीहरू आफ्नो म्यासेज चेक गरेर बिनाकारण तनाव लिन्छन्। बिहानको तनावले दिनभरि पिरोल्छ। जसले मनमा नकारात्मक ऊर्जा बढ्छ।
यदी तपाई बिहान उठेर मोबाइल हेर्नुहुन्छ भने तपाईको मनमा विभिन्न चिन्ताहरू बढ्न सक्छ। त्यसैगरी बिहान मोबाइल खोलेर हेर्नाले समयको पनि बर्बादी हुन्छ। र शरीर पनि बोदा बनाउँछ।
जब बिहाने उठेर मोबाइल चेक गर्दा नराम्रो म्यासेज देखिन्छ, तब मनमा खिन्नता हुन्छ। यसले मूड अफ बनाइदिन्छ। जसको नकारात्मक असर स्वास्थ्यमा जान्छ।
शरीरलाई स्वस्थ्य राख्न मिठो निन्द्रा लिन जरुरी छ। तर निन्द्रालाई मारेर सबेरै उठेर फोन हेरेमा निन्द्रा कम हुन्छ। जसकाराण् मानिस थला पर्छन्। त्यसका साथै एकाबिहानै मोबाइल खोल्दा राति सुत्नेबेला समस्या उत्पन्न हुन सक्छ।
बिहाने उठ्ने बित्तिकै मोबाइल हेर्यो भने टाउको दुख्न जस्ता समस्याहरू पनि हुन्छ। त्यसैले आफूलाई स्वास्थ्य राख्नका लागि बिहानै मोबाइल हेर्नबाट टाढा रहनुपर्छ। एजेन्सीको सहयोगमा