नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

१७ साउन, काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शितलनिवासमा वाग्मतीका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीका यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

वाग्मतीका प्रदेशप्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस