एनआरएनए थाइल्याण्ड दक्षिण क्षेत्रीय समन्वय परिषद् : गौतम नेतृत्वमा १५ सदस्यीय समिति गठन

२४साउन, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड दक्षिण क्षेत्रीय समन्वय परिषद्को ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले मोहन गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ।

सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार विश्व बराल प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, थाई नेपाली संघ फुकेट शाखाका अध्यक्ष जगन्नाथ निरौला, महिला प्रमुख सोनिया कार्कीका साथै एनआरएनए थाइल्याण्डका संयोजक सञ्जय ढकाल लगायतका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

साधारण सभाले परिषद्को आगामी दुई वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। जसको संयोजकमा मोहन गौतम, महिला उपसंयोजकमा बिनिता गौतम, उपसंयोजकमा शिव लामा, सुरज पहाडी र  बिक्की पोख्रेल, सचिवमा चुडामणि भण्डारी, सहसचिवमा आश्विन तामाङ, कोषाध्यक्षमा हिरा लाल निरौला, युवा संयोजकमा राकेश चौधरी चयन भएका छन् । जसको सदस्यहरूमा नारायण पौडेल, कृष्ण भट्टराई र राजेश नेपाली चयन भएका छ्न ।

साधारण सभाले परिषद्लाई उचित मार्गदर्शन प्रदान गर्नका लागि एक संरक्षक र सल्लाहकार समिति समेत गठन गरेको छ । संरक्षक समितिमा सुबिन्द्र कुमार राई र मिलन घिमिरे सल्लाहकार समितिमा यादव राई, तारामान राई र गुणानिधि गुरागाँई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मोहन गौतमले साधारण सभाका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै परिषद्का गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले थाइल्याण्डको दक्षिणी क्षेत्रमा रहेका नेपाली समुदायको हितका लागि काम गर्ने र सबै सदस्यहरूसँग समन्वय गरी अगाडि बढ्ने बताए।

साधारण सभामा उपस्थित सदस्यहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका छन्। यस नयाँ नेतृत्वले थाइल्याण्डमा रहेका नेपालीहरूको समस्या समाधान गर्न र एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस