पूर्वमन्त्री रायमाझी रोल्पा आउँदै

२८साउन,रोल्पा । नेकपा (एमाले) सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी रोल्पा आउने भएका छन्।

एमालेको जिल्लास्तरीय भेला तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी भदौ १ गते रोल्पा आउने एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिएका छन्।

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा रोल्पाका दशवटै पालिकाबाट नेता–कार्यकर्ताको सहभागी हुने एमाले रोल्पाले जनाएको छ।

स्रोतकाअनुसार नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाले लिबाङमा पार्टी प्रवेश कार्यक्रमा पनि आयोजना गरेको छ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस