एमालेको केन्द्रीय समिति बैठक बस्दै

File photo

१०भदौ,काठमाडौँ । एमाले स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्नका लागि आज केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । बैठक दुई दिनसम्म चल्नेछ एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस