
१६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका छन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।
प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार