एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

१७ भदौ, बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन्। प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो।

दुबैले उम्मेदवारी दर्ता गरेका छन्। कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन्। रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्। उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म रहेको छ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस