१९ भदौ, रोल्पा । नेकपा (एमाले)का सांसद ईश्वरी घर्तीले रोल्पाको इलाका प्रशासन कार्यालय घर्तीगाउँमा दीर्घकालीन समाधान हुने गरी तत्काल जनशक्ति व्यवस्थापन गर्न माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घर्तीले रोल्पाको घर्तीगाउँमा रहेका इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभावले सेवा प्रवाह बन्द हुँदा सेवाग्राहीले हैरानी ब्यहोर्नु परेकोले बताउँदै दीर्घकालीन समाधान हुने गरी जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘ सरकारले पछिल्लो समय इलाका प्रशासन कार्यालय बिस्तारलाई तिव्रता दिएको खुशीको कुरा हो । तर भएका इलाका प्रशासन कार्यालयहरूलाई जनशक्ति बिहिन भने नबनोस्। ।
रोल्पाको घर्तिगाउँमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभावले कार्यालयले जहिल्यै सूचना प्रकाशित गरेर सेवा प्रवाह बन्द भएको जानकारी दिँदादिँदा त्यस क्षेत्रका सेवाग्राहीले हैरानी ब्यहोर्नुका साथै सेवाबाट बञ्चित हुनुपरेको बताउँदै सांसद घर्ती दीर्घकालीन समाधान हुने गरि जनशक्तिको तत्काल व्यवस्था गर्न माग गरिन गरेकी छन् ।


