
३१ भदौ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गरेका छन । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उनले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताए।
“चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ”, उनले भने, “चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।”
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताए। उनले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताए । उनले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताए ।