रास्वपाका सभापति लामिछाने आज रोल्पा आउँदै

फाइल तस्वीर

२असोज, रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रोल्पा आउने भएका छन । उनी काठमाडौं देखि नेपालगञ्ज आउने र नेपालगञ्ज देखि रोल्पा आउने कार्यक्रम तय भएको छ ।

सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिए ।

लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्ने कार्यक्रम छ । सुलिचौरको कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ प्रवेश गर्ने छन । आज नै उनले लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

लामिछाने राेल्पामा पाँच दिनसम्म बस्ने छन् । उनले रोल्पाका विभिन्न ठाउँमा कार्यक्रता भेटघाट गर्ने कार्यम रहेकाे संयोजक थापाले बताएका छन् ।

सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डा. मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ । रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ । लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो र उत्सुकताका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस