विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगरः रास्वपा

फाइल तस्विर

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्यार्थीहरूको पढ्‍न पाउने हक अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले शिक्षकहरूले आफ्ना माग सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधि हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताएको हो ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस