
फाइनल तस्विर
११ असोज, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जादै छन् । चीनको औपचारिक भ्रमणमा रहेका दाहाल बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।
कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहने छन् ।
बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहाल विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।
प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार