अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा सन्तोष

१३असोज, रोल्पा।अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाँठा निर्वाचित भएका छन् । शुक्रबार बुटवलमा भएको अधिवेशनबाट उनी सहितको टीम सर्वसम्मत चुनिएको हो ।

अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा रमेश ढकाल सहसचिवमा मनिषा ज्ञवार्ली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरेसहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस