
रोल्पा । प्रतिनिधिसभा सांसद ईश्वरी घर्तीले रोल्पामा दरबन्दी अनुसारका कर्मचारी यथाशीघ्र खटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । रोल्पामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै तत्काल कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद घर्तीले सिंहदरबारमा कर्मचारीको फालाफाल छ, तर दुर्गम जिल्लाहरूमा कर्मचारी हाहाकार हुँदा समेत सरकारले नदेखेको जस्तै गरिरहेको छ ।
सांसद घर्तीले भनिन, रोल्पाको घर्तीगाउँमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा ३ हप्तादेखि सेवा प्रवाह रोकिएको छ। नागरिकता बनाउन सदरमुकाम पुग्नैपर्ने बाध्यता सिर्जना भएको छ । सिंहदरबार भित्र कर्मचारीहरूको संख्या दरबन्दी भन्दा बढि भएर बस्ने कार्यकक्ष नै नपाउँदा वर्षौसम्म हाजिर मात्र लगाएर घर फर्किरहेको छ । ती कर्मचारीलाई यथाशीघ्र जिल्लाहरूमा खटाउन सरकारलाई आग्रह गरेकी छन् ।
सांसद घर्ती भनिन् रोल्पामा जिल्ला कारागार , जिल्ला प्रशासन, गाउँपालिकाहरूमा पनि दरबन्दी अनुसार अधिकृत नहुदाँ सेवा प्रवाहमा समस्या भइरहेको छ। दरबन्दी अनुसारका कर्मचारी नहुदाँ प्राविधिकले वडामा सचिवको जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ। रोल्पा लगायत सबै जिल्लामा दरबन्दी अनुसार कर्मचारी यथाशीघ्र खटाउन सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।