२९ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक दाहालले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।
उनले, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी समेत दिए ।
एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार


