फाइल तस्विर
२कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई शुक्रबार अनुमति दिएको हो।
सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।
प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार


