२कार्तिक, रोल्प नेपाल कम्युनिष्ट पार्टी (एमाले) परिवर्तन गाउँ कमिटी रोल्पाको सातौं विस्तारित बैंठक तथा पार्टी प्रवेश कार्यक्रम पुतलाचौरमा सम्पन्न भएको छ।
एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदी, विशिष्ट अतिथिका रुपमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवार तथा लुम्बिनी प्रदेश कमिटी सदस्य पूर्ण बुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा (ख) का उम्मेदवार प्रेमबहादुर घर्ती, अतिथिहरुमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लोकेन्द्र घर्तीमगर, रोल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँ कमिटी ईन्चार्ज टेकेन्द्र घर्तीमगर लगायतका पदाधिकारीहरू उपस्थित भएका थिए।
कार्यक्रममा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिलबहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह—ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घनकुमारी घर्ती, सविना वि.क., गंगाप्रसाद रोका, अरुणा थापा लगायतका १७ जना भन्दा बढी पदाधिकारी सहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी एमालेमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले एमालेको विकल्पमा अन्य कम्युनिष्ट पार्टी हुन नसक्ने भन्दै समयमै घर फर्किएकोमा बधाई तथा धन्यवाद समेत दिएका छन्।
एमाले परिवर्तन गाउँ कमिटीका उपाध्यक्ष हुकुम बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिवर्तन गाउँ कमिटीका सचिव देव प्रसाद वलीले गरेका थिए।


