अनुसन्धानमा सहयोग गर्न रविलाई माओवादी केन्द्रका उपमहासचिव वर्षमानको आग्रह

३असोज, रोल्पा । सहकारी रकम हिनामीना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानमा सहयोग गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आग्रह गरेका छन् ।

गृह जिल्ला रोल्पा आएका पूर्वअर्थमन्त्री समेत रहेका पुनले रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोकतन्त्रमा कानुनीशासन चल्ने बताउँदै जतिसुकै शक्तिशालि मान्छे भए पनि कानूनभन्दा माथि कोही हुन नसक्ने बताए ।

रास्वपा सभापति समेत रहेका लामिछाने नागरिकता प्रकरणमा संसद पद समेत गुमाएको स्मरण गराउँदै लामिछानेलाई अनुसन्धानमा सघाउन आग्रह गरे। लामिछोनले आफुमाथि लागेका विभिन्न प्रकरणको जवाफ पनि दिनुपर्ने बताए ।

नेता पुनले सहकारी बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल लगायत अन्यलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस