
नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक ग¥यो । त्यो सूचिमा रोल्पाको जलजला पनि समावेश भयो । यो हामी रोल्पालीका लागि गौरवको कुरा हो । जलजलामा बग्रेल्टी पर्यटक पुग्नसक्ने आधार निर्माण गर्न सकियो भने जिल्लाको पहिचान र अर्थतन्त्रमा यसले ठूलो टेवा दिनेछ । जिल्लाका लागि धार्मिक र पर्यापर्यटनका दृष्टिकोणले निकै महत्व बोकेका जलजलालाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्नुपर्ने टड्कारो आवश्यकता बन्दै गएको छ ।
शान्तिप्रक्रियापछि जिल्लामा भौतिक विकासका काम थुप्रै भएका छन् । तर, पर्यटन व्यवसायलाई आवश्यक पर्ने ठोस काम हुन सकेका छैनन् । जलजलालाई जिल्लाको पर्यटकीय गन्तव्यको केन्द्र भागमा राखेर अन्य पर्यटन विकासका काम गर्न सकिने थुप्रै संभावना छ । एकिकृत पर्यटन गुरुयोजना बन्न सकिरहेको छैन । विगतमा जिल्ला विकास समिति हुँदाताका पर्यटनका केही प्रयास भएका थिए । संघीय संरचनामा मूलुक गएपछि जिल्लाको साझा पर्यटकीय गन्तव्यहरुको सन्दर्भमा एउटै सोंच र धारणा बन्न सकेको छैन । स्थानीय सरकारहरुले आ–आफ्ना पालिका स्तरमा केही न केही पर्यटन विकासका काम गरिरहेका छन् । ति कार्यले जिल्ला भित्रको मानिसको घुमघामलाई पक्कै पद्दत पुगेकै छ ।
जलजलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सवाल अन्य जिल्लाका र विदेशी पर्यटकलाई रोल्पा जिल्ला घुम्न प्रेरित गर्ने कुरा हो । देशभित्रका र बाह्य पर्यटकलाई जिल्लामा ल्याउन सक्ने ताकत जलजलासँग छ । यहाँको धार्मिक परम्परा, मूल्यमान्यता र जनविश्वास सहितको आस्था पर्यटकीय संभावनाको बलियो आधार हो ।
प्राकृतिक सौन्दर्यता सहितको पर्यापर्यटन अर्को आधार हो । यहाँ हुने पुजाआजा, बर माग्ने प्रचलन र धार्मिक आस्था पर्यटन विकासको जब्बर आधार हो । यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउने प्राकृतिक सुन्दरता, बुकिपूmल, दर्जनौ प्रजातिका गुराँस, हिउँले सेताम्मे बन्ने भूगोल, लोपोन्मूख बन्यजन्तु, जडिबुटी अरु आकर्षण हुन् । हिउँको सिजनमा हिउँ खेल्ने जानेछन् । गुराँस फुल्दा गुराँस पर्यटनको संभावनापनि उत्तिकै छ । त्यसका लागि पर्यटकलाई आवश्य पर्ने पूर्वाधार, सुरक्षा र सेवा सुविधाको प्रबन्ध हुन जरुरी हुन्छ ।
जलजला पुग्न चाहने पर्यटकका लागि सडक पहुँच पहिलो शर्त हुन जान्छ । अर्को प्रकृतिका पर्यटकका लागि ट्रेकिङ रुट आवश्य हुन्छ । यि दुवैपक्षलाई मध्यनजर गरी सडक पूर्वाधार विस्तार जरुरी छ । विगतको सशस्त्र युद्धको ऐनान मानिएको थबाङ पुग्न÷देख्न चाहने अवस्था पनि हुन्छ । साथै कुनै जिल्ला पुगेपछि त्यहाँको सदरमुकाम पुग्ने चाहनापनि हुन्छ ।
हाम्रो जलजला अवस्थित भूभाग सदरमुकामबाट उत्तर तर्पm र थबाङबाट पूर्वदक्षिण तर्फ फैलिएको छ । जिल्लाको दक्षिण तर्पm स्वर्गद्वारी, लुम्बिनी छन् । उत्तर पूर्व तर्फ विशाल शिकार आरक्षा ढोरपाटन र मुक्तिनाथ छन् । पोखरा, मुक्तिनाथ, ढोरपाटन, पूर्वी रुकुम हुँदै थबाङ र जलजलासम्म पर्यटक आउने एउटा रुट जबरजस्त खडा भैसकेको छ । अर्को लुम्बिनी, स्वर्गद्वारी, भ्यूटावर, लिबाङ हुँदै जलजला पर्यटन रुट हुने निश्चित् भैसकेको छ । यि पर्यटकीय क्षेत्रसँग जलजलालाई जोडर पर्यटन सर्कित निर्माण गर्नु पहिलो शर्त हो । लिबाङ–धबाङ–ओखरेनी सडक र सूलिचौर–जेलबाङ–ओखरेनी सडक निर्माण अनि पीच गर्नैपर्छ । लिबाङ र जेलबाङको मिलन बिन्दु ओखरेनी–धरमपानी फेडी हुँदै मिरुलको माथिल्लो भूभाग हुँदै सि आकारमा सडक विस्तार जरुरी छ।थबाङ–जलजला आसापससम्म सडक निर्माण अनि पिच गर्नैपर्छ ।
जलजलाको कोर एरियामा सडक नलगि थबाङ, लिबाङ, जेलबाङ र मिरुलबाट विस्तार भैरहेका सडकलाई जोड्दै थबाङबाट आएको सडकसँग जोड्नुपर्छ । यसले पोखरा–मुक्तिनाथ हुँदै ढोरपाटनबाट थबाङ छिरेको पर्यटक जलजला पुग्छ र लिबाङ हुँदै भ्यूटावर, स्वर्गद्वारी र लम्बिनी भएर निस्कन सक्ने अवस्था बन्छ । लुम्बिनीबाट स्वर्गद्वारी–भ्यूटावर–लिबाङ हुँदै आएका पर्यटक जलजला–थबाङ–ढोरपाटन–मुक्तिनाथ हुँदै पोखराबाट बाहिरिने अवस्था बन्छ । पर्यटन विकासका अन्य काम धेरै गर्नु नै छ, अहिलेलाई यति सवालमा साझा धारणा बनाएर अघि बढौं । एउटै सोंचमा जुटौं ।