१४ कार्तिक, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ मिझिङमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला सम्पन्न भएको छ।
भेलाले तुकमान गिरीको सभापतित्वमा २३ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपसभापतिमा अनिशा ओली विष्ट, सचिवमा भानुभक्त विष्ट, सहसचिवमा शुस्मा विष्ट र कोषाध्यक्षमा बन्दना विष्ट घर्तीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा किमबहादुर दमाईं, महेन्द्र बुढाथोकी, मिसन विष्ट, थमन विष्ट, करण विष्ट, अर्जुन बुढाथोकी, खगेन्द्र विष्ट, किरण विष्ट, कुमार सुनार, रुद्रबहादुर खत्री, योगेश विष्ट, टोपबहादुर विष्ट, प्रकाश विष्ट, कमल महरा, गीतादेवी वली, खीमा घर्ती देवबहादुर रोका र ओमराज विष्टलाई चयन गरेको छ ।
रास्वपा जिल्ला सभापति रमेश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता केशव विष्ट (राज)को रहेको थियो । कार्यक्रममा बुद्धिजीवी तथा समाजसेवी आकाश गिरी, दीपक विष्ट र जितबहादुर महरा लगायतको सहभागिता रहेको थियो ।
रास्वपा सुनिलस्मृति गाउँपालिका ३ मिझिङको सभापतिमा चयन भएका गिरी लामो समय नेकपा एमालेमा रहेर काम गरेका थिए । उनी केही समय अघिमात्र एमाले परित्याग गरेका थिए ।



