१६कार्तिक, काठमाडों । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित ८ राजनीतिक दलहरुले पार्टी एकताका लागि १८ बुँदे सहमति गरेका छन् ।
सहमतिपत्रमा प्रचण्ड र माधव नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी) पार्टीका अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा माओवादी स्समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बैठकमा १८ बुँदे सहमति भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित बामपन्थी शक्तिहरू एक हुन लागेको बताइएको छ।
हेर्नुस सहमतिपत्र



