काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाहल ‘प्रचण्ड’ आफैं जाने भएका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ ।
जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार