कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।

दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ ।

राष्ट्रपति मूनले आइतबार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस