आङ साङ सुकीले निर्वाचनमा धाँधली गरेको ‘जुन्ता’ सरकारको अभियोग

फाइल फाेटाे

१मंसिर,काठमाडौँ ।म्यान्मारको जुन्ता सरकारले अपदस्थ नेत्री आङ साङ सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ।

गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सुकीले अनियमितता गरेको सैनिक सरकारको दाबी रहेको छ।

म्यान्मारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरुलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ।

सैनिकले नेताहरुलाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ। आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइते समेत भएका छन्।

निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले उनीमाथि निर्वाचनको विषयलाई समेत लिएर मुद्धा दर्ता गरेको हो।

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्धा पनि लगाइएको छ। तर उनलाई लगाएको मुद्धाहरुका बारेमा पर्याप्त विवरणहरु भने सार्वजनिक गरिएको छैन।

सुकीसँगै अन्य १५ जना उच्च अधिकारीहरुलाई पनि यस्तै मुद्धा लगाइएको छ। मुद्धाको सामना गरिरहेकाहरुमा पूर्व राष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्व अध्यक्षलगायत रहेका छन्। विएल नेपाली सेवा

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस