२मंसिर,रोल्पा । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका अन्तर्गत रोल्पाको रुन्टीगढी ४ को वडा अध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय छुट्याएको थियो । सो समयवधिमा ६ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिए ।
वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट भूपमणि पुन, नेकपा एमालेबाट बेगम पुनले मनोनयन दर्ता गराएका छन् । भने माओवादी केन्द्रका रेशमजंग सेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हितबहादुर पुनले मनोनयन दर्ता गराए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर ओली, मंगल नेशलन अर्गनाइजेसनबाट पूर्णबहादुर बुढाले मनोनयन दर्ता गराए । यस वडामा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित टंकबहादुर पुनको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।