रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

६मंसिर, बुटवल । रुपन्देही २ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै पौडेलले अग्रता लिएका हुन् ।

पौडेलले ५३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ हजार ५७९ मत गणना भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस