महिलाहरुले घरको हरेक समस्यासँग मात्र लडिरहेका छैनन् । देशको हरेक मोडमा लडिरहेका छन् लड्नु पर्ने बाध्यता छ । चाहे राणा शासन अन्त्यको लागि होस् चाहे पंचायति शासनको लागि, चाहे राजन्त्रको अन्त्यको लागि किन नहोस् । जब–जब देशले हरेक नयाँ मोडको माग गर्छ । तब–तब महिलाहरुको योगदान प्रत्यक्ष/अप्रतयक्ष रुपमा महत्वपूर्ण रहेको कुरा ईतिहास साक्षी छ । तर हिजो देखि आजसम्म महिलाको समस्या जिउको तिउ भएका कुरा सबैलाई थाहा छ । महिला हिंसा हुने क्रमजारी नै छ ।

कुनै पनि शासन पद्धतिले उनीहरुको जीवन स्तरमा खासै फरक पारेको देखिदैन । महिला मैत्री कानुन नीति निर्माण हुनुमा अन्तराष्ट्रिय स्तरको महिलासँग सम्बन्धित सन्धि, महासन्धिहरुमा राज्यले गरेको प्रतिवद्धताहरुको साथ छ ।

हाम्रो मात्रै कुरा होइन । संसार भर महिला मुक्तिको गाथा अथाह छ । आधुनिक आन्दोलन नै धेरै पुस्तादेखि जारी छ । जागरण देश र महादेशमा सीमित छैन संशार भरी छ ।

यतिबेला अन्तर्राष्ट्रिय स्तरमा “Orange the world:End violence against women now !” राष्ट्रिय स्तरमा “घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ ” भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा–२०७८ मा छौँ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसको ऐतिहासिक पक्ष १९२० नोमेम्बर २५ का दिन डोमेनिकन गण राज्यको मिरावल परिवारमा जन्मिएका ३ दिदीबहिनीहरुलाई (पेट्रिया,मिनर्भा र मारीया) तत्कालिन तानाशाही क्रुजिलो सरकारले सन १९६० मा राजनीति गरेकै कारण गरिएको निर्मम हत्यासँग जोडिएको छ । यस घट्नालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ ।

बिर्सन नसकिने पुतलीहरुको उपनामले पनि चिनिने यी तीन दिदीबहिनीहरुको बलिदान, त्याग र उच्च साहसको सम्मान र सम्झना गर्दै शुरुमा २५ नोमेम्बर लाई ल्याटीन अमेरिकी देशरुहरुले महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालेका हुन ।

सन १९९९ मा संयूक्त राष्ट्र संघको साधारण सभाले अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरे पश्चात नोमेम्बर २५ देखि शुरु गरिने १६ दिने अभियानको अन्तिम दिन अर्थात डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानवअधिकार दिवसको रुपमा संसारभर मनाईन्छ ।

अधिकारको लागि प्रारम्भिक अभियानको अग्रपंङितमाः Mary wollstonecraft हुन । सन १९७२ मा A Vindication of the rights women पुस्तक लेखेर उनले लैंगिक समानताको आधारशिला राखिन । बेलायती विदुषीले महिला र पुरुष समान जन्मेका हुन्छन् भन्ने आग्रह गरिन । असमानता सामाजिक रचना (Social construction) हो । जुन बालिकालाई बालक सरह शिक्षा/दिक्षा प्रदान गरेर महिलालाई पुरुष सरह बनाउन सकिन्छ भन्ने तर्क गरिन । सन १९४८ को जुलाई १९र२० मा संसारमै पहिलो महिलाअधिकार सभा (women right convention) भएको थियो । उक्त सभाले १२ वटा संकल्प सहित घोषणा पत्र जारी ग–यो कानुनको अगाडि महिला र पुरुषको बराबरी महिलालाई मताधिकार, शिक्षा, रोजगरीमा पक्षपात अन्त्य लगायतका माग थिए ।

महिला आन्दोलनको विकास क्रमलाई तीनवटा तरंङ्ग (wave) ले हेर्ने गरिन्छ । पहिलो तरङ्ग मताधिकारको माग र प्राप्ती बीचको सङर्घष हो । दोस्रो चरणको तरङ्ग सार्थकता र तेस्रा तरङ्ग स्वतन्त्रताको सङर्घष हो । यो संसारमा जन्मलिदा जैविक भिन्नता भएकै कारणले महिलाहरु विभन्न अधिकारबाट बन्चित तथा हिंसामा पर्ने र सो अधिकार स्थापित गर्नको लागि पटक–पटक लडाई गर्नु पर्ने बाध्यता संसार भरि नै रहदै आयो ।

अमेरिकी, फ्रान्सेली, बेलायती लगायतका मुलुकमा पनि मताधिकारको माग गर्दै लडिरहनु पर्यो फलस्वरुप २० औँ शताब्दीको प्रारम्भदेखि नै राजनीतिक अधिकारको मोर्चामा महत्वपूर्ण जित हासिल भयो । मताधिकारको प्राप्ति पछि समाजमा महिलाको स्थान बराबरी त भयो । तर महिलाको सामाजिक मर्यादास्तरमा अपेक्षित असर देखा परेन । जताततै आम परिवर्तन भई रहेको थियो तर महिलाको जीवन घरायासी दैनिकीमा हारिरहेको थियो । हिंसामा गुज्रीरहेको थियो ।

अमेरिकी चिन्त Betty friedan लाई यो कुरा पटक्कै चित नबुझेपछि उनले सन १९६३ मा Feminine mystique लेखिन सबै थोक बिर्सेर सार्थक क्रियाकलाप खोज्न सारा महिलाहरुलाई घच्चघच्चाएको उनको पुस्तकबाट थाहा हुन्छ ।

सन १९६० को दशकका बाँकी वर्ष ७० र ८० का दशक भरी घरबाहिर महिलाको भूमिका बढाउने समानता समता, सकरात्मक कार्य, लगायतका मुद्धाहरु उठाइए । शिक्षामा पहुँच, प्रजनन सेवाहरुको विस्तार समान कामका समान ज्याला घरेलु ज्यादतीको प्रतिरोध, कार्यस्थलमा लैिंगक संमवेदनशीलता जस्ता पंक्षमा जोड दिइयो ।

महिला र पुरुष बीच तुलना गर्ने चलन चल्यो जसकादुई अर्थ निस्किन्थ्यो एक महिला समूह हो । जो एकै नाम हुन्छ र दुई महिलाका आकांक्षा आम (Universal) हुन्छन । समयको अन्तराल सँगै महिला माझ भएको विषमता र महिलाका लागि यो ठिक यो बेठिक भन्ने कुरा मन पर्न छोड्यो। अनावश्यक भिडमा हराउन मन लागेन , महिला आफै–आफ्नो पहिचनमा चिनिन खोज्यो । अर्काको पछि लाग्न खोजेनन, आफ्नै सुरमा हिड्न खोजे ।

महिलाहरु स्वतन्त्रता र समानता चाहे । यति बेलासम्मको महिलाको अवस्थामा केही सुधार हुनुमा यहि क्रियाकलापको साथ हो । यसरी महिलाहरुले हरेक अधिकारको लागि संघर्ष गर्ने कुरा छदै छ । हरेक क्षेत्रमा विभेद गरिएकै छ । लैङ्गिक विभेदकै कारण घर परिवार समाज र राष्ट्रमा नै महिला र पुरुषको असमान र असन्तुलन समाज निर्माण भएको हो । फलस्वरुप समाजमा महिला हिंसा भइनै रह्यो ।

लिंग र लैगिंकता गरी दुई वटा पंक्ष छन् । जसमा लिंग प्राकृतिक, अपरिवर्त निय र समुदाय निरपेक्ष हुन्छ । लैंगिताा सामाजिक, परिर्वतनशिल, र समुदाय सापेक्ष हुन्छ । जुनहामीले समुदाय सापेक्ष कुरालाई पछाएकै कारण महिला र पुरुष बीच ठूलो खाडल भयो र महिलाले विभिन्न किसिमका हिंसाहरु भोग्नु परिरहेको छ ।

महिला हिंसा अन्त्यको लागि प्रत्येक वर्ष हामीले महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउँछौ । तर महिला हिंसा अन्त्य हुन सकेको छैन ।यतिबेला संसार भरका महिलाहरु आफूविरुद्धको हिंसा विरुद्धको अभियानमा छन् । नेपालमा पनि यो दिवसलाई महोत्वका साथ मनाईन्छ । हाल सबै तहका सरकारले आ–आफ्नो क्षेत्रमा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि परेका छन् ।

हिंसाका विभिन्न स्वरुप गरी नेपालका महिलाहरु ७० प्रतिशत हिंसा पिडित छन् । र जनजाती महिलाहरु थप ३ प्रतिशत । शारिरीक, मानसिक, आर्थिक, सामाजिक, सास्कृतिक प्रथा परम्परागत हिंसाबाट प्रभावित छन् । नेपालमा सबै महिलाहरु हिंसाबाट प्रभावित हुन्छन्, नै धनी गरीब सबै तह र तप्कामा हिंसा लुकेर बसेको छ । जसमा आदीवासी जनजाती महिलाहरुमा झन् बढि प्रभावित छन् । रहन/सहन शिक्षा/दिक्षाले गर्दा पनि गैर-जनजाती महिलाभन्दा जनजाती महिलाहरु हरेक क्षेत्रमा पछााडि छन् । यसो हेर्दा जनजाती महिलाहरुलाई स्वतन्त्रता भएझै देखिन्छ तर भित्रीरुपमा त्यस्तो नभएको तथ्यांक छ । महिला हिंसाका तथ्यांकले गैर–जनजाती महिलाभन्दा जनजाती महिलाहरुले ३ पटक बढि हिंसा भोग्नु परेको छ ।

महिलाहरु आफ्नै घनिष्ठ आफ्न्तबाट दिनमा ४ पटक हिंसा सहन्छन् । भने जनजाती महिलाहरुले त्यसमा थप ३ पटक बढि सहनु पर्दछन् । महिला हिंसालाई बढवा दिने कार्य हामी आफ्नै घरमा गरिरहेका छौँ । छोरा–छोरीलाई गरिने व्यवाहारमा जानी-नजानी फरक गरी रहेका हुन्छौँ । दाईले बहिनीलाई भाईले दिदीलाई हेर्ने दृष्टिकोण तथा गरिने व्यवाहार र हाम्रो सामाजिक कार्य विभाजनका कारण छोरा/छोरी हुर्कदै जाने क्रममा फरक हुँदा महिला हिंसा बढि रहेको छ ।

यसर्थ यस वर्षको नारा ‘‘घरैबाट शुरु गरौँ महिला हिंसाको अन्त्य” भनिएको छ । आफु–आफ्नो परिवार नै हिंसाको पहिलो केन्द्र विन्दु भएकोले घरबाटै आफुबाटै शुरु हुनुपर्दछ । जन्मदा देखि नै गरिने विभेद र सामाजिक किरणका कारण महिला हिंसा भएको हो । तर्सथ महिला र पुरुषमा जैविक भिन्नता बाहेक अरु समान हो । भन्ने कुराको वोध सबैलाई भयो, भने माहिला हिंसा नहुने कुरामा शंका गरिरहनु पर्दैन । अस्तु ।