एमाले महाधिवेशन : उद्घाटन समारोहमा पुगे प्रधानमन्त्री देउवा

१०मंसिर, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोह स्थलमा पुगेका छन्।

एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार चितवन पुगेका हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र नेपाली सेनाको हेलिकोप्टरबाट चितवन पुगेका हुन्।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्किने छन्। महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस