
काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा निर्धारण गरिएको छ ।
चाँदी आज प्रतितोला १ हजार १ सय ६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार