स्थानीय तह उपनिर्वाचन :

रोल्पामा माओवादीको ७० मत

१६मंसिर, रोल्पा । रोल्पामा भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जम्मा ७० मत मात्र पाएको छ ।

गत निर्वाचनमा २ सय मत कटाएको माओवादीले यसपटक एक सय मत पनि ल्याउन नसकेको हो । रुन्टीगढी ४ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका भूपमणी पुन विजयी हुँदा एमाले मुख्यप्रतिष्पर्धी भएको छ ।

काँग्रेसले ६ सय ४३ मत प्राप्त गर्दा नेकपा एमालेका बेगम पुनले ५ सय ३५ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मतका साथ लज्जास्पद हार व्यहोर्नुपरेको छ ।

केहि दिनअघि माओवादी नेता वर्षमान पुन, जोखबहादुर महरा लगायतले चुनावी सभालाई सम्बोधन गर्दै रोल्पामा माओवादी विजयी हुने दावी गरेका थिए । तर अघिल्लो निर्वाचनको मत समेत जोगाउन नसकी माओवादी पत्तासाप भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस