‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’: देउवा

लुम्बिनी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए ।

“कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ”, उनले भने, “पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।”

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस