
१८मंसिर, काठमाडौँ । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले संघीय सरकार विरुद्घ रिट दायर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकार बिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गर्न माग गर्दै सोनालले रिट दायर गरेका छन् ।
ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भन्दै रिट दायर गरेको मन्त्री सोनालले बताए । सोनाल जनता समाजवादी पार्टीका नेता हुन् ।
प्रदेश नं. दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ ।
ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं। २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।
ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश सरकारहरुको लगाउँदै आएका छन् ।