सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज आठ सयले बढेर प्रतितोला एक लाख २१ हजार छ सय पुगेको हो ।

नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार कायम भएको छ ।

आइतबार तेजावी सुन प्रतितोल एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस